सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले भने,‘माधब नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु’

२०७८ साउन ६, ०९:३७ खबर संवाददाता

धनगढी: वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेकाे बताएका छन्। 

नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति हुन नसकेको उनले बताएका छन्। 

ओलीले पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी एकताका लागि आफू तयार रहेको बताए। ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु।’

नेपालले भने एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले बताएका हुन्। 

‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ।’

उनले भने, ‘केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। हामीलाई पार्टीबाट निकाल्न ?’ उनले केन्द्रीय कमिटीमा बहुमत दिनुपर्ने माग मान्न तयार नभएको बताएका हुन्।

कमेन्ट लोड गर्नुस