सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई भेटेर फर्किए माधव नेपाल

२०७८ साउन ६, ०७:२९ खबर संवाददाता

धनगढी : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ। केहीदिनअघि शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका नेता रावललाई भेट्न नेपाल टोखा पुगेका थिए।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्। सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन्। भेटपछि नेपाल फर्किएका छन् भने भेटमा के भयो भन्ने खुलाइएको छैन। भेटमा सुदूरपश्चिम प्रदेशका मन्त्री पनि सहभागी थिए।

कमेन्ट लोड गर्नुस