सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता

२०७८ साउन ६, ०६:२९ खबर संवाददाता

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्।

प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन्। छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन्।

शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले छलफल गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस