सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिस्थिति सामान्य बन्दैछः दक्षिण अफ्रिका सरकार

२०७८ साउन ६, ०६:२१ रासस

जोहान्सबर्ग: दक्षिण अफ्रिकामा केही दिनयता देखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताएका छन्। ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता हिंसाका घटना भएका छैनन्।

मन्त्री खुम्बुजो एनटिसाभेनीले मंगलबार त्यस्तो लुटपाट हुन नपाएको बताउनु भएको हो। दक्षिण अफ्रिकाका दुई ओटा प्रान्तमा केही दिनयतादेखि हिंसा मच्चिएको छ। ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो। मन्त्री खुम्बुजोले गएको २४ घन्टा यता ती दुई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए।

दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ। त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो ।अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उहाँले जानकारी दिए।

जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

कमेन्ट लोड गर्नुस