सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बुधबार ७१ जनामा कोरोना पुष्टि, १६ जना निको

२०७८ साउन ६, ०५:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि भएको छ। भने, १६ जना निको भएर घर फर्किएका छन्। 

प्रदेशभर ५०२ जनाको नमूना परीक्षण गर्दा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालमा १२२ जनाको नमूना परीक्षण गर्दा ४३ जना र महाकाली असपतालमा २८ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। 

हालसम्म सुदुरपश्चिममा ४४ हजार ७०२ जनामा संक्रमण पुीष्ट भएको छ। भने, ३५ हजार ४१६ जनाले कोरोना जितेका छन्। हालसम्म प्रदेशभर ५७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस