सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारीरिक अशक्तलाई सहयोग

२०७८ साउन ६, ०५:१४ रासस

भादगाउँः विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ  स्मृति दिवसका अवसरमा चाँगुनारायण नगरपालिका–१ का वडासदस्य उद्धव खड्काले लामो समयदेखि दुई असक्तलाई लाख ५० हजार सहयोग उपलब्ध गराएका छन्।

उनले नेपाली कांग्रेस भक्तपुरका युवानेता एवम् पूर्वजिल्ला समिति सदस्य रोशन पौडेल र सोही नगरपालिकाको कार्यपालिका सदस्य कुमार अच्छामीलाई उनीहरूलाइ निवासमै पुगेर आर्थिक सहयोग गरेका हुन्।

खड्काले नगरसभा सदस्यको हैसियतले नगरपालिकाले दिने विभिन्न शीर्षकको सेवा, सुविधा र  नगरपालिका तथा वडा कार्यालयमा हुने बैठकमा सहभागी भए बापतको भत्ता रकम जम्मा गरेरे दुवै जनालाई जनही ७५ हजार सहयोग गरेको बताए।

कमेन्ट लोड गर्नुस