सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवालाई भेट्दै विप्लव, ओली सरकारसँगको सहमतिबारे छलफल हुने

२०७८ साउन ६, ०१:१४ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट्दैछन्।

यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्। विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लव निकट एक नेताले जानकारी दिए। प्रधानमन्त्री देउवा र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने स्रोतले बतायो।

कमेन्ट लोड गर्नुस