सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौमाला–चुरे सडकलाई तिव्रता दिन आग्रह

२०७५ कार्तिक २५, ०७:०२ खबर संवाददाता

कैलालीको चुरे गाँउपालिकाका स्थानीयले चौमाला–चुरे सडकको निर्माणलाई तिव्रता दिन माग गरेका छन्। साविकको खैराला गाविसलाई सडक सञ्जालमा जोड्न चौमाला–चुरे सडकको काममा तिव्रता दिन माग गरिएको हो। सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै उनिहरुले निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढाउन पहल गरिदिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई आग्रह गरेका हुन। चुरे गाँउपालिका वडा नम्बर २ र ४ को कार्यालयले संयुक्त रुपमा जनता माविमा  आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा चुरेका जनप्रतिनिधि तथा स्थानीयले अधिकासं चुरे क्षेत्र सडक सञ्जालसंग जोडिन बाँकी रहेकाले स्थानीयले दुःख पाएको बताएका छन्। सडक नभएकै कारण चुरे क्षेत्रमा उत्पादन भएका कृषि उपजले बजार नपाएको गर्भादरबार र कम्पासे डाडा लगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेको गुनासो उनीहरुको छ। 

कमेन्ट लोड गर्नुस