सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ

२०७८ साउन ६, ११:१५ खबर संवाददाता

कैलाली: कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

मंगलबार भजनी नगरपालिका–१ स्थित महोन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई पक्राउ गरिएको हो। 

उनको साथबाट ५ ग्राम खैरो हेरोइन नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

पक्राउ परेका चमारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस