सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘चिन्नुभो, म शेरबहादुर’ (भिडिओसहित)

२०७८ साउन ६, ११:०४

काठमाडौं: मंगलबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न निवास पुगेका थिए।  समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट ग्रसित सीतालाई खुमलटारमा भेट्न जाँदा देउवा भावुक भएका थिए। 

अध्यक्ष प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले सार्वजनिक गरेको झण्डै एक मिनेटको भिडिओमा प्रचण्डसीतालाई ‘उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी’ भनेर चिनाउन खोज्छन्।

त्यहाँ भएका संवाद यस्ता छन्
प्रचण्ड : उहाँ प्रधानमन्त्रीजी क्या, शेरबहादुरजी ।
सीता : ए
प्रचण्ड : चिने, चिने रे.. चिन्यो नि तिम्ले..
प्रधानमन्त्री : म शेरबहादुर..
प्रचण्ड : चिने भनेको
प्रचण्ड : आरजु पनि तिम्लाई भेट्न आउनुहुन्छ ।

 


 

कमेन्ट लोड गर्नुस