सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भएको रक्तदानबाट १ सय १९ पिन्ट रगत सङ्कलन

२०७८ साउन ६, ०९:५२ खबर संवाददाता

धनगढीः धनगढीमा भएको रक्तदान कार्यक्रमबाट १ सय १९ पिन्ट रगत सङ्कलन भएको छ।

अटो मेकानिक्स ट्रेड यूनियन सुदूरपश्चिमको २४औँ स्थापना दिवसका अवसरमा धनगढीमा रक्तदान कार्यक्रमबाट १ सय १९ पिन्ट रगत सङ्कलन गरिएको अध्यक्ष चन्द्र प्रकाश गैरेले बताए। 

उनका अनुसार शनिबारदेखि २४औँ वर्षिक उत्सवको अवसरमा कोरोना भाइरस बिरुध जनचेतना कार्यक्रम समेत गरिएको बताए। कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य देव बहादुर बम प्रमुख अतिथि थिए। 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रिय सचिव जित बहादुर मल्ल, नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रीय कमिटी निवर्तमान उपाध्यक्ष ठक्कर बिष्ट, नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य पन्नालाल शाहा, नेपाल अटो मेकानिक्सका संस्थापक अध्यक्ष भक्त बहादुर थापा लगायत अतिथिहरुको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सचिव गोपाल केसी लगाएतको समेत सहभागिता थियो। 

कमेन्ट लोड गर्नुस