सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्न पाइने

२०७८ साउन ६, ०६:२८ खबर संवाददाता

धनगढी : कैलालीबाट मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदे जारी गर्दै मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनको लागि अनुमती दिएका हुन्।

यसअघिसम्म जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालनमा थियो। ‘त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण पालन हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न सकिनेछ,’ प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस