सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानी निकास गर्न बल प्रयोग, प्रहरीमाथि ढुंङ्गामुढा, अश्रुग्यास प्रहार

२०७८ साउन ५, ०६:२७ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गरेको छ।

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए।

उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए। सो क्रममा केही स्थानीय र प्रहरी घाइते भएको जनाइएको छ। 

सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए। वडा नम्बर २ का वासिन्दाले दुबै वडामा डुबान नहुने गरि समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस