सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मंगगलबार कोरोनाबाट १ को मृत्यु, ४६ जनामा संक्रमण पुष्टि

२०७८ साउन ५, ०६:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा मंगलबार कोरोनाका कारण एकको मृत्यु भएको छ। भने, ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

प्रदेशभर ४०९  जनाको नमूना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा ९७ जनाको नमूना परीक्षण गर्दा ४२ जनामा कारोना संक्रममण पुष्टि भएको छ। यस्तै महाकाली अस्पतालममा १० र अछामको कमल बजार प्रयोगशालामा ५ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशभर ३५ जना जनाले कोरोना निको भएर घर फर्किएका छन्। 

कमेन्ट लोड गर्नुस