सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बालक हत्याको सफल अनुसन्धान गर्ने एसपी अधिकारीसहित ९ जना पुरस्कृत

२०७८ साउन ५, ०४:४६ खबर संवाददाता

धनगढी: कैलालीमा भएको बालक हत्याको सफलतापूर्वक अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारी सहित ९ जना पुरस्कृत भएका छन्।

गत असार २० गते टिकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने साढे ३ वर्षीय विवेक बिष्ट बेपत्ता भएका थिए। उनको शव ३ दिनपछि फेला परेको थियो। सोही प्रकरणमा सफल अनुसन्धान गरी तोकिएको जिम्मेवारी इमान्दारीताका साथ सम्पादन गरेको भन्दै एसपी अधिकारीसहित ९ जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पुरस्कृत हो। 

अधिकारीसहित कैलाली प्रहरी तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह, प्रहरी सहायक निरीक्षक कृष्ण मल्ललाई प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन्। 

यस्तै पुरस्कृत हुनेमा प्रहरी हवल्दार गणेशबहादुर सेठ्ठी, प्रहरी जवानहरु जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्ट समेत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस