सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारमा जाने तयारीमा माधव समूह

२०७८ साउन ५, ०३:५६ खबर संवाददाता

धनगढी : नेकपा एमालेको माधव नेपाल समूह सरकारमा जाने तयारीमा जुटेको छ। नेपाल समूहका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसंगै उक्त समूहले सरकारमा जाने तयारी गरेको हो।

नेपाल समूहका एक नेतका अनुसार वर्तमान सरकारमा ६ मन्त्रालय पाउने लगभग सहमति भइसकेको छ। बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल गरिने ती नेताले जानकारी दिए।

आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस