सुदूर नेपाललाई विश्वसँग जोड्दै

अकलादेवी मन्दिरको मूर्ति चोरी

२०७८ साउन ५, १२:२२ रासस

दमौली: म्याग्दे गाउँपालिका–६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमबार राति चोरी भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले कुकुरसहितको टोलीले आज बिहानदेखि अनुसन्धान थालिसकेको जानकारी दिए। उनका अनुसार मन्दिरमा भक्तजनले चढाएका तीन/चारवटा मूर्ति चोरी भएको छ।मन्दिरको मुख्य मूर्ति भने सुरक्षित रहेको उनले बताए। “मन्दिरमा पनि तोडफोड भएको छ”, उनले भने, “अनुसन्धानबाट सबै कुरा पत्ता लगाउने काम थालेका छौँ।”

पृथ्वीराजमार्गसँगै जोडिएको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो। यहाँ पूजाआजा गर्नका लागि छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन्। 
 

कमेन्ट लोड गर्नुस