सुदूर नेपाललाई विश्वसँग जोड्दै

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

२०७८ साउन ५, १०:०७ खबर संवाददाता

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा पक्राउ परेका छन्। मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो।

अश्लिल फिल्म बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन्। यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ।

यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो। यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन्।

कमेन्ट लोड गर्नुस