सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोकिराखेको मोटरसाइकलमाथि पुरुषको शव फेला

। फोटो स्रोत ।
२०७८ साउन ५, ०७:०० खबर संवाददाता

विराटनगर : रोकिराखेको मोटरसाइकलमाथि एक पुरुषको शव भेटिएको छ। 

सोमबार राति विराटनगर महानगरपालिका–५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। 

को ४प  २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेको बताइएको छ। 

शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको जनाएको छ। मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कमेन्ट लोड गर्नुस