सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ दिल्ली गन्तव्यमा सातामा छ उडान सञ्चालन हुने

२०७८ साउन ४, १०:३५ रासस

काठमाडौँ: नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ।

यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँुदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ। यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए। अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन्।

यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ। उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ।

 

कमेन्ट लोड गर्नुस