सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेका स्वकीय सचिवले भने- मन्त्री हुँदा ओलीले कानुन विपरीत काम गर्न लगाए

२०७८ साउन ४, ०८:५१ खबर संवाददाता

धनगढी: पूर्व वनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत काम गर्न लगाएको बताएका छन्।

रेग्मीले आले मन्त्री हुँदा मन्त्रालयमा गरेको हस्तक्षेपदेखि कानुन विपरीत गर्न लगाएका कामको उजागर गर्नुपर्ने बताएका हुन्। आलेले ओली गुट छोडेर माधव नेपाल समूह रोज्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेपछि रेग्मीको यो धारण सार्वजनिक भएको हो।

उनले भनेका छन्, `तत्कालीन प्रधानमन्त्रीले मन्त्री हुँदा मन्त्रालयमा गरेको हस्तक्षेपदेखि कानुन विपरीत गर्न लगाएका कामको दबाब सबै उजागर गर्नु पर्छ। यिनको असलियत जनतालाइ बताउनु पर्छ। मन्त्री भनेको मन्त्रालयको प्रमुख हो। प्रधानमन्त्रीको दास होइन।´

कमेन्ट लोड गर्नुस