सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटनमन्त्री माग्दै प्रेम आले !

२०७८ साउन ४, ०८:१४ खबर संवाददाता

धनगढी: केपी शर्मा ओलीको साथ छाडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसद प्रेम आलेको पर्यटनमन्त्रीमा चर्चा सुरू भएको छ।

देउवाको पक्षमा आफूसहित एमालेका ८ जना सांसदलाई मत दिन लगाएका आलेले देउवा सरकारमा पर्यटन मन्त्री मागेको चर्चा सुरू भएको हो। तत्कालीन प्रधानमन्त्री केपी ओलीले वन मन्त्रीबाट आलेलाई हटाएर नारदमुनि रानालाई वन मन्त्री बताएपछि आले केपी ओलीसँग रुष्ट थिए।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि देउवा निवास पुगेर आलेले फ्लोर क्रस गरेर भए पनि ओली पक्षका ८ जनालाई पक्षमा मतदान गर्न लगाउने र त्यसका लागि मन्त्री बनाउन पर्ने धारणा आलेले राखेको पनि स्रोतले बताएको थियो। आइतबार ओली पक्षका ८ जनाले नै देउवाको पक्षमा मतदान गरेपछि आले मन्त्री हुने चर्चा सुरु भएको हो।

आलेले पर्यटन मन्त्री मागेपछि देउवाले यसबारे माधव नेपालसँग कुरा मिलाउन आग्रह गरेको स्रोतले बतायो। केपी ओलीको मन्त्रिमण्डलमा आले वनमन्त्री थिए।

कमेन्ट लोड गर्नुस