सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी वितरण केन्द्रमा साढे दुई करोडको क्षति, ट्रेन्च भत्किए हप्तौसम्म बिजुली जाने

२०७८ साउन ४, ०६:५० खबर संवाददाता

धनगढी: नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ। लगातारको बर्सातले वितरण केन्द्र डुबानमा परेको हो।

वितरण केन्द्र डबानमा पर्दा कार्यालयमा झण्डै साढे दुई करोड बराबरको विद्युतिय उपकरणमा क्षति पुगेको कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर रोशनकुमार ठाकुरका अनुसार अहिले कार्यालय सहित क्वाटरसमेत डुबानमा परेको छ। यस्तै सब स्टेसन पनि जलमग्न भएको छ। जसका कारण केबल ट्रेन्चमा पानी पसेको छ।

‘ट्रेन्चमा पानी पसेर लिकेज भएमा ट्रेन्च भत्किने सम्भावना रहेको र त्यसपछि हुने क्षतिको आकलन गर्न नै सकिदैन्।’ केबलमा समस्या आएमा सब स्टेसनबाट विद्युतको आपूर्ति नै रोकिने र लामो समयसम्म मर्मत नै गर्न समस्या हुने  इन्जिनियर ठाकुरको भनाई छ।

 

कमेन्ट लोड गर्नुस