सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर बालकको मृत्यु

२०७८ साउन ४, ०३:५७ रासस

राजविराज: सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिल बताए। सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयको भनाई छ। 

कमेन्ट लोड गर्नुस