सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन

२०७८ साउन ४, ०२:१४ खबर संवाददाता

काठमाडौँ: राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौँमा प्रदर्शन भएको छ।

राष्ट्रिय शक्ति नेपालको आयोजनामा महेन्द्रशालिक दरबारमार्ग अगाडिबाट प्रदर्शन सुरु भएको हो।

उक्त प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहित प्रवक्ता अनिल योगी,  नेपाली कांग्रेसका नेता बिपिन कोइरालासहित सहभागी थिए।

बाजागाजासहित सुरु भएको र्‍याली महेन्द्र शालिक हुँदै घण्टाघर,रत्नपार्क,भोटाहिटी,असन, ईन्द्रचोक हुँदै बसन्तपुर पुगेर कोण सभामा परिणत भएको छ।

प्रदर्शनमा ‘राष्ट्रिय शक्ति नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ, मेची काली हल्ला छ, राजा ल्याउने सल्लाह छ, नेपाली जनता के भन्छ ? राजतन्त्र ले भन्छ, हिन्दु राज्य कायम गर,  राजसंस्थाको पुनर्वहाली गर’ लगायतका नारा लगाइएको थियो।

कमेन्ट लोड गर्नुस