सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार हुन् : ओली

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ४, ०१:३२ खबर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन्। सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत ओलीले यस्तो बताएका हुन्। 

उनले आइतवार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिकको संज्ञा दिए। 'हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो', उनले भने, 'यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।'

कमेन्ट लोड गर्नुस