सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विद्युत कार्यालय जलमग्न

२०७८ साउन ४, ०१:१८ खबर संवाददाता

धनगढी: नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र जलमग्न बनेको छ। धनगढीमा बिहानदेखि वर्षा नभएपनि हिजोसम्म परेको पानी कार्यालय परिसरमा जमेको छ।

कार्यालय जलमग्न हुदा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन। विद्युत महसुल बुझाउने तथा अन्य प्रयोजनका लागि विद्युत कार्यालयमा पुगेका उनीहरुले पानी निकास गरेर सहज अवस्था बनाउनुपर्ने माग गरेका छन्।

कार्यालय परिसरमा पानी जमेका कारण आवतजातमा समेत समस्या भएको एक सेवाग्राही देवराज शर्माले बताए।

कमेन्ट लोड गर्नुस