सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा एकजना मृत भेटिए

२०७५ कार्तिक २३, ०५:३१ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एकजना मृत भेटिएका छन्। प्रदेशको अस्थायी मुकाम स्थित धनगढी बसपार्कमा आज बिहान एकजना सहचालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ना ४ ख ४२६४ नम्बरको बसका सहचालक बझाङ स्थायी ठेगना भएका  मोहन बोहरा मृत भेटिएका हुन्। उनको बायाँ कोखामा धारिलो हतियार प्रहार भएको देखिएको छ। आज  बोहोरालाई मृत  अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले  ना ५ ख ३५७ नम्बरको बसका सहचालकसहित दुईजनालाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताल राखएिको छ। 
 

कमेन्ट लोड गर्नुस