सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हिरोइनसहित वडा अध्यक्षसहित ३ जना पक्राउ

। फोटो स्रोत ।
२०७८ साउन ४, ११:०० खबर संवाददाता

वीरगञ्जः खैरो हिरोइनसहित वडाअध्यक्षसहित ३ जना पक्राउ परेका छन्। 

पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन ९ब्राउन सुगर०सहित पक्राउ परेका हुन्। 

प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जनाएको छ। 

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो। उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए।

प्रहरीले खैरो हिरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएक तीनै जनाविरुद्ध लागू औषध मु्द्दामा आवश्यक कारबाही शुरु गरिने जनाएको छ। 

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर एक वर्षअघि मात्रै लागू औषध ९गाँजा० मुद्दामा धरौटीमा छुटेका थिए भने वडा अध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ।

कमेन्ट लोड गर्नुस