सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुदूरपश्चिम लगायतका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

२०७८ साउन ४, ०८:४९ खबर संवाददाता

काठमाण्डौ : आज सुदूरपश्चिम लगायतका केही ठाउँमा ठूलो वर्षाको सम्भावनाल रहेको छ। 

सुदूर पहाडका केही जिल्लाहरुमा वर्षा भइरहेको छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका केही ठाउँमा पनि वर्षा भइरहेको छ। 

धनगढीको मौसम पनि परिवर्तन भएको छ। धनगढीमा आइतबार दिनभर वर्षा भएको थियो। वर्षाका कारण धनगढीका अधिकासं सडकहरु जलमग्न भएका छन् भने धनगढी भित्री क्षेत्रका अधिकासं वस्तिहरु डुवानमा परेका छन्।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम लगायतका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ।

भोलि पनि देशभरको मौसम बद्ली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन। अबका केही दिन सुदूरपश्चिम लगायतका केही ठाउँमा ठूलो वर्षाको सम्भावना हुँदा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।
 

कमेन्ट लोड गर्नुस