सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज भाईटीका

। फोटो स्रोत ।
२०७५ कार्तिक २३, ०६:३९ खबर संवाददाता

आज तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथि। आज भाईटीकाको दिन पनि हो। दिदिबहीनिहरु, आ–आफ्नो दाजुभाईलाई भाई टीका लगाईरहेका छन्। विहानै नुहाईधुवाई गरेर दाजुभाईको निधारमा सप्तरंगी टीका र माला लगाएर दिदी बहिनीहरुले दाजुभाईको दीर्घायु र सुर स्वुस्वास्थ्यको कामना गर्दछन । 

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटका लागि जुरेको भएपनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक शुक्ल द्वितीयाका दिनभरि टीका लगाउन सकिने जनाएको छ। यो पर्वलाई दिदी भाईको सम्बन्ध प्रगाढ बनाउने चाडको रुपमा पनि मान्ने गरिन्छ। यसका साथै यसका अन्य धार्मिक महत्व पनि रहेको पाईन्छ। तिहारमा दिदी बहीनीले आफ्ना दाजु भाईलाई बढीजसो मखमली फुल र सयपत्रि फुलको माला लगाउने गर्छन।

यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। 
परापूर्वकालमा यमराजकी बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक भनाई छ। 
 

कमेन्ट लोड गर्नुस