सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसदबाट राजीनामा दिएका भीम रावलले माफी मागे

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ४, ०६:२७ खबर संवाददाता

धनगढी : आइतबार सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावलले माफी मागेका छन्। आफूले बाचा गरेअनुसार पूरा अवधि सांसद पदमा रहन नसकेकोमा रावलले जनतासँग माफी मागेका हुन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

कमेन्ट लोड गर्नुस