सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब देउवामाथि अविश्वासको प्रस्ताव आउन सक्छ ?

२०७८ साउन ४, ०६:१९ खबर संवाददाता

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। उनलाई प्रतिनिधि सभाका १६५ सदस्यले विश्वासको मत दिएका हुन्।

प्रतिनिधिसभा पुनस्थापना भएको पहिलो दिन नै देउवाले विश्वासको मत प्राप्त गरेपछि अब उनीमाथि अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा बढेको छ। 

देउवाले विश्वासको मत पाएसंगै उनीमाथि कम्तीमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था छ।

अब संसदको कार्यकाल डेढ वर्षमात्र बाँकी रहेकाले देउवाकै नेतृत्वमा चुनाव हुने देखिन्छ। तर, प्रधानमन्त्रीले आफ्नै दल विभाजन भएमा वा समर्थन दिएका दलले समर्थन फिर्ता लिएमा भने विश्वासको मत लिनुपर्छ। 
 

कमेन्ट लोड गर्नुस