सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित’

२०७८ साउन ४, ०६:१५ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन्। नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ।

‘संसद्को यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको छ,’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ।’

साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस