सुदूर नेपाललाई विश्वसँग जोड्दै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

२०७८ साउन ४, ०५:५० खबर संवाददाता

काठमाडौंः सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको यसअघिको सरकारले सो अध्यादेश ल्याएको थियो। सो अध्यादेशमा टेकेर सरकारले विभिन्न संवैधानिक अंगमा नियुक्ति गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस