सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

२०७८ साउन ३, १०:१५ खबर संवाददाता

धनगढी: कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्।

आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन।त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्। 

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।

कमेन्ट लोड गर्नुस