सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्या गरी फरार भएका एक जना पक्राउ

२०७८ साउन ३, ०७:३१ रासस

सङ्खुवासभाः सङ्खुवासभा प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको हत्या गरी फरार भएका भोजपुरको साल्पा सिलिच्छो गाउँपालिका–४ खाटम्मा घर भइ हाल खाँदबारी–९ बस्ने युवराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। 
 
राई कुमालको हत्यापछि फरार भएका थिए। राईलाई शनिबार चैनपुर नगरपालिका–९ पिलुवाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। राईले गत असार ३० गते दिउँसो खुकुरी प्रहार गरेर कुमालको हत्या गरेका थिए। कुमाललाई राईले घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस