सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब माधव नेपाल पक्षबिनै देउवाले विश्वासको मत पाउने

२०७८ साउन ३, ०७:१२ खबर संवाददाता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सहयोग बिनानै प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने पक्का भएको हाे। 

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि एक सय ३६ मत आवश्यक पर्छ। अहिले नेपाली कांग्रेससँग ६१ सदस्यहरु छन्। यस्तै नेकपा माआवादी केन्द्रसँग ४९ प्रतिनिधि सभा सदस्य छन्। जसपासँग ३२ प्रतिनिधि सभा सदस्य छन्।

कांग्रेस, माओवादी र जसपाका सबै सांसदको संख्या एक सय ४१ हुन्छ। सभापति देउवालाई राष्ट्रिय जनमोर्चाले पनि सघाउने निर्णय गरिसकेको छ। राष्ट्रिय जनमोर्चासँग एक जना प्रतिनिधि सभा सदस्य छन्।

कमेन्ट लोड गर्नुस