सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राउनसुगरसहित चार पक्राउ

२०७८ साउन ३, ०७:११ रासस

उदयपुर: बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा बेलका–२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन्।

गएराति १०ः०० बजेतिर इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको र उनीहरुका साथबाट झण्डै ७५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

पक्राउ गरिएका अभियुक्तले भारतबाट सप्तरीको बाटो हुँदै ब्राउनसुगर बेलका भित्र्याइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ। पक्राउ गरिएको चारैजना व्यावसायिक लागुऔषध ओसारपसार पेशामा संलग्न रहँदै आएको र गएराति पनि गोप्य सूचनाका आधारमा उनीहरुले कारोबार गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ गरिएकालाई आजै प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस