सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २ र ३ नम्बर वडाबीच पानी निकासबारे विवाद

२०७८ साउन ३, ०७:०२ खबर संवाददाता

धनगढी: उप-महानगरपालिकामा पानीको निकासको विषयमा विवाद उत्पन्न भएको छ। उप-महानगरको २ नम्बर वडा र ३ नम्बर वडाबीच पानीको  निकास गर्ने विषयमा विवाद बढेको हो।

शनिबार रातिदेखि भएको वर्षाले वडा नम्बर ३ जलमग्न भएको र वडा नम्बर २ का स्थानीयले पानीको निकास थुनेको कारण समस्या भएको ३ नम्बर वडाका वासिन्दाको आरोप छ।

अहिले वडा नम्बरको मित्रनगर डुबानमा परेको र सो डुबान हटाउन प्रशासनको सहयोग लिन खोजेको स्थानीयले बताएका छन्। तर पानीको निकास खोल्न जाँदा २ नम्बर वडाका स्थानीयले अवरोध गरेको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए।
उनले सहमतीमा पानीको निकास खोल्ने प्रयास भइरहेको बताए।

यता २ नम्बर वडावासीले भने पानीको निकास वस्तीतर्फभन्दा ६ लेन सडकको दुबै किनारामा नाली निर्माण गरेर पानीको निकास गर्नुपर्ने बताएका छन्। वडा नम्बर २ का स्थानीयले कुनै पनि हालतमा बन्द गरिएको कल्भर्ट खोल्न नदिने बताएका छन्।

कमेन्ट लोड गर्नुस