सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजीनामा दिएपछि रावललाई कमल थापाले भने- उच्च राजनीतिक संस्कार र नैतिकता देखियो

२०७८ साउन ३, ०५:१७ खबर संवाददाता

काठमाडौं: राप्रपाका अध्यक्ष कमल थापाले एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएको विषयमा टिप्पणी गर्दै रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन्। रावलले राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, “विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर  भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ। विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।”

कमेन्ट लोड गर्नुस