सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

२०७८ साउन ३, ०४:४३ रासस

काठमाडौँ: नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले सञ्चारकर्मीलाई जानकारी दिए। 

बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको जनाउँदै सो फैसलाको स्वागत गरको छ। साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगतलाई धन्यवाद दिएको छ। 

सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिए। असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।

कमेन्ट लोड गर्नुस