सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको राजीनामा रोक्ने प्रयास असफल

२०७८ साउन ३, ०४:३९ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका सांसद भीम रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास असफल भएको छ। माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

तर पार्टीमा एकताका लागि क्रियाशील नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए। तर रावल सहमत भएनन्।

कमेन्ट लोड गर्नुस