सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरासँग खेल्न आएकी बालिका बलात्कार गर्ने परियार पक्राउ

२०७८ साउन ३, ०४:३३ खबर संवाददाता

काठमाडौं : छोरासँग खेल्न आएकी १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पर्सामा एक पुरुष पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरका ४८ वर्षीय सुनिल कुमार परियार रहेका छन्। बलात्कार गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आरोपित परियारले आफ्ना नाबालक छोराहरूसँग पीडित बालिका खेल्न आएको मौका छोपेर आफू बस्ने गरेको घरको कोठाभित्र लगेर बालिकालाई जबरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा शुक्रवार पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता ओम प्रकाश खनालले बताए। 

कमेन्ट लोड गर्नुस