सुदूर नेपाललाई विश्वसँग जोड्दै

को–को हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद

२०७८ साउन ३, ०३:४० खबर संवाददाता

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा छन्। उनलाई काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १७ र जनमोर्चाका एक जना सासंदले विश्वासको मत दिने निश्चित जस्तै छ।

देउवालाई विश्वासको मतका लागि कम्तिमा पनि एमालेका ८ जना सांसदको मत आवश्यक छ। सर्वोच्च अदालत गएका एमालेका २३ सासंदमध्ये कतिले देउवालाई मत दिन्छन् भन्ने अझै टुंगो लाग्न सकेको छैन्।

तर एमालेमा माधवकुमार नेपाल पक्षका सासंद विरोध खतिवडाले दिनेश खवरसंग कु्राकानी गर्दै अदालत पुगेका २३ र अन्य गरी ४० बढिले देउवालाई विश्वासको मत दिने दाबी गरेका छन्। ‘एमालेका ४० जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छन्,’ उनले भने। 

तर माधव समूहमा रहेका केही सांसदले विश्वासको मत दिने–नदिने विषयमा अझै स्पष्ट पारेका छैनन्। माधव समूहमा रहेका भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतारमा विश्वासको मत लिन खोजिएको भन्दै आक्रोस पोखेका छन्।

माधव नेपाल पक्षबाट रहेका एमाले उपाध्यक्ष भीम रावल पनि अझै विश्वासको मत दिने–नदिनेबारे टुंगो नलागेको बताउँछन्। उनले अहिले पनि छलफल जारी रहेको दिनेशखवरलाई बताए।

यता माधव नेपालसहित सांसदहरू झपट रावल, दीपकप्रकाश भट्ट, कृष्णलाल महर्जन र रामकुमारी झाँक्रीले देउवालाई विश्वासको मत दिने जनाएका छन्।

यस्तै जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सरला यादव, यज्ञराज सुनुवार, निरा जैरु, पुष्पा कर्ण कायस्थ, मेटमणी चौधरी, कलिला खान, कल्याणी खड्का, मुकुन्द न्यौपाने, लक्ष्मी चौधरीलगायतले विश्वासको मत दिने लगभग पक्का देखिएको छ। असपतालमा उपचाररत एमाले नेता झलनाथ खनालले पनि देउवालाई विश्वासको मत दिन अपिल गरिसकेका छन्। 

कमेन्ट लोड गर्नुस