सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले विश्वासको मत लिदै, कांग्रेस संसदीय दलको बैठक सुरु

२०७८ साउन ३, ०३:३२ खबर संवाददाता

काठमाडौं: सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो।

पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ।

कमेन्ट लोड गर्नुस