सुदूर नेपाललाई विश्वसँग जोड्दै

८२ वर्षीया वृद्धाको हत्या

२०७८ साउन ३, ०२:२९ खबर संवाददाता

राँझा: बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका  एक वृद्धाको हत्या भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले  एकतानगरका  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिए।

 उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए। अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए।
 

कमेन्ट लोड गर्नुस