सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वासको मत पाउन देउवासँग कति सांसद छन् ? कति आवश्यक ?

२०७८ साउन ३, ०२:०७ खबर संवाददाता

काठमाडौं : गत असार २८ गते सर्वाेच्चको आदेश अनुसार शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। 

सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिँदै छन्। धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ।

देउवासँग कांग्रेसका ६१, माओवादीका सभामुख बाहेक ४८, जसपाका १२ र जनमोर्चाका १ गरी १२२ जना सांसदको साथ छ। त्यसमा जसपाको उपेन्द्र यादव समूहमा ६ जना सांसद थपिएको दाबी गरिएको छ।

त्यो भएपछि देउवाको समर्थनमा माधवकुमार नेपाल समूह बाहेकका १२८ सांसदको समर्थन जुट्छ। अपुग संख्या माधव समूहले पूर्ति गर्ने पक्का भएपछि देउवाले आजै विश्वासको मत लिने निर्णय लिएका थिए। 

विश्वासको मत जितेको अवस्थामा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने छ र चुनाव गर्ने छ। तर  विश्वासको मत नपाएको खण्डमा संसद विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले आउँदो माघसम्ममा चुनाव गराउनुपर्ने छ।



 

कमेन्ट लोड गर्नुस