सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक, विश्वासको मत बारे छलफल

२०७८ साउन ३, ०१:०८ खबर संवाददाता

काठमाडौँ : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफल गर्न बैठक बोलाइएको हो। दलको बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन्।

गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ। फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ। पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ। सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ।  

कमेन्ट लोड गर्नुस