सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा

२०७८ साउन ३, ११:०६ खबर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा केन्द्रित भएको छ। नेपाल निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन्।

माधव पक्षीय एक नेताले विश्वासको मतका बारेमा समेत छलफल हुने बताए। प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा माधव पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका थिए।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् ।

कमेन्ट लोड गर्नुस